गुणस्तर तथा नापतौल कार्यालयले नापतौल अनुमति नलिइ वर्षौंदेखि उपभोक्तालाई ठग्दै आएका बारा र पर्साका १५ व्यापारिक फर्ममा छापामारी कारवाही प्रक्रिया अगाडि बढाएको छ । उद्योग स्थापनाकालदेखि हालसम्म नापतौल अनुमतिपत्र नलिएको, नापतौल यन्त्र जाँच नगरेको, उपभोक्तालाई ठग्दै आएको र राजश्व छलि गरेको देखिएपछि कारवाही थाललिएको हो । पर्साका पोखरीया नगरपालिकास्थित सञ्जिव एण्ड विजय जेनेरल स्टोर, कुशवाहा…