भन्सार छलीको १७ क्विन्टल चिनी प्रहरी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएको करीब एक लाख ५० हजार बराबरको चिनी प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएको १७ क्विन्टल चिनी कलैया उपमहानगरपालिका–६ बाट बरामद गरेको हो । भारतसँग खुला सिमाना भएका कारण पनि तस्करहरुले खुला सिमानाको प्रयोग गरी…