बीसवटा औद्योगिक राष्ट्रको समूह (जि–२०)को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका शहरमा शुरु भएको छ । सो सम्मेलनमा विश्व बजारमा दुई मुलुक चीन र अमेरिकाका बीचको कर सम्बन्धी विवाद कायमै रहेकोले यस बारेमा वार्ताद्वारा समस्या सुल्झाउने प्रयास हुने अपेक्षा पनि गरिएको छ । शुक्रबार बिहान ओसाका शहरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक रुपमा उद्घाटन गरेका हुन…