कम्पनी प्रशासन डिजिटलमा, कम्पनी दर्तादेखि खारेजीसम्मका सम्पूर्ण प्रकृयाहरू अनलाइनबाट

काठमाडौँ ।  कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणालीका सबै प्रणालीहरू कार्यान्वयनमा ल्याएको छ। जसको प्रयोगबाट भौतिक रूपमा कार्यालयमा उपस्थित नभइकन कम्पनी दर्ता देखि खारेजीसम्मका सम्पूर्ण प्रकृयाहरू सम्पन्न गर्न सकिने छ । कार्यालयमा आवेदन दिन सकिने, प्राप्त आवेदनहरू प्रणालीवाटै स्वचालित रूपमा सम्बन्धित कर्मचारीको डेस्कमा तोकिने, नाम स्वीकृति र कम्पनी दर्ताका निवेदनहरू एक तहवाट नै…