दर्जन बढी वित्तीय संस्था संकट उन्मूख, केन्द्रीय बैंक कारबाहीमा हिचकिचाउँदा समस्या झनै बढ्दै

भुवन पौडेल विकास बैंक र फाइनान्स कम्पनी गरेर करिब एक दर्जन संस्थाको वित्तीय अवस्था निकै कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकको निरीक्षणमा कैफियत देखिँदा समेत समयमै कारबाही नगर्दा यी संस्थाहरुको वित्तीय अवस्था दिन प्रतिदिन झनै कमजोर बन्दै गएको हो । बैंक तथा वित्तीय संस्थाका हरेक गतिविधिलाई केन्द्रीय बैंकले नियमन तथा निरिक्षण गरिरहेको हुन्छ ।…