नेपालका आठ व्यवसायिक घरानाहरुको संयुक्त पहलमा ललितपुरको कुमारीपाटीमा ‘कुमारीपाटी स्क्वायर’ निर्माण हुने भएको छ । कुल ४ अर्ब ५६ करोड ७० लाख लगानीमा कुमारीपाटी स्क्वायर कम्प्लेक्स निर्माण हुने भएको हो । कम्पनीमा आइएमई ग्रुप, पन्चकन्या ग्रुप, कुमारी होल्डिङ्स, आइएमएस ग्रुप, बृहत ग्रुप लगायतका व्यवसायिक घरानाहरुको लगानी रहेको छ । जसअन्तर्गत कुमारी होल्डिङ्सको ३५ प्रतिशत हिस्सा,…