काठमाडौँ । त्रिभुवन विमानस्थलस्थित नेपाल आयल निगम लिमिटेडको हवाई इन्धन डिपो स्थानान्तरणका लागि इन्जिनियरिङ अध्ययन संस्थान, कन्सल्टेन्सी सेवा पुल्चोकसँग विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) गर्न सम्झौता भएको छ। निगमको हवाई इन्धन कार्यालय, सिनामंगल र पुल्चोक इन्जिनियरिङ कलेजको कन्सल्टेन्सी सेवा विभागबिच एक करोड ९८ लाख ८४ हजार १८३ रुपैयाँ ७३ पैसामा डिपिआर निर्माण गर्ने सम्झौता भएको हो।…