स्वास्थ्यमन्त्री बस्नेतले दिए अस्पताललाई १०% निःशुल्क उपचार गर्न निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताललाई कूल शय्याको १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् । आज गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र लगायत अस्पतालको अनुगमनका क्रममा उनले कूल शय्याको १० प्रतिशत गरिब, असाहय, विपन्न बिरामीलाई निःशुल्क उपचार सेवाको व्यवस्था गर्न निर्देशन दिएका हुन् । “सरकारले सबै सरकारी, निजी अस्पताललाई स्वीकृति दिँदा कूल…