सरकारले वैदेशिक रोजगारसम्बन्धी मागपत्रको प्रमाणीकरण आजदेखि अनलाइनबाटै गर्न थालेको छ। आज कन्सुलर सेवा विभागमा आयोजित कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले क्लिन गरेर सो सेवाको शुभारम्भ गरे। आज पहिलो चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित नेपाली राजदूतावासबाट उक्त सेवा सुरु गरिएको र अन्य देशमा पनि क्रमशः सञ्चालन गरिने मन्त्री श्रेष्ठले जनकारी दिए। उनले यूएईस्थित नेपाली राजदूतावास…