चोरी तस्करी नियन्त्रण गर्न सुनको कोटा वृद्धिः उद्योग मन्त्री रिजाल

उद्योग मन्त्री रमेश रिजालले चोरी तस्करी र अवैध कारोबार नियन्त्रणमा सघाउ पुर्याउन सुनको कोटा वृद्धि गरेको बताएका छन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार मन्त्रालयमा आयोजना गरेको सुनचाँदी ब्यवसायी संगको छलफल कार्यक्रममा मन्त्री रिजालले आपूर्ति ब्यवस्था सुनिश्चित भएपछि चोरी पैठारी नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताए। मन्त्रालयको सिफारिसमा नेपाल राष्ट्र बैंकले गत साता…