सोरु गाउँपालिका–४ फोतुकी रामदेवी शाहीलाई अहिले गुच्चीच्याउ टिप्न भ्याइनभ्याइ छ । उनी बिहान सबेरै नजिकका सामुदायिक वनमा पुगेर साँझअबेर मात्र घर फर्किन्छन् । हिमपात र वर्षा धेरै भएकाले यसपाली गुच्चीच्याउको उत्पादन राम्रो भएको जनाउँदै उनी दिनभरी गुच्चीच्याउ टिप्न व्यस्त भएकी हुन् । गतवर्ष च्याउ टिपेर २५ हजार रुपैयाँ कमाएकी उनलाई यस वर्ष झन् बढी पैसा कमाउने…