पोखराका व्यवसायीको दुःखेसो : अब त सापटी माग्ने ठाउँ पनि छैन, व्यवसाय धान्न सञ्जिवनी बुटी आवश्यक

कोभिड–१९ का कारण पर्यटन व्यवसायमा परेको प्रभावसँगै बढेको बैङ्क ब्याजदरलगायतका कारण यतिखेर पर्यटन व्यवसायी मर्कामा परेका छन् । नेपाल सरकारले अत्यधिक मारमा परेको क्षेत्रका रुपमा पर्यटन व्यवसायलाई राखे पनि सरकारका सहुलियत, राहत तथा अनुदानका प्याकेज व्यवसायीले अनुभूति गर्न नपाएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । केही व्यवसायीले सहुलियत ब्याजदर पाए पनि छोटो समयका…