राष्ट्रिय योजना आयोगको सदस्यमा चार जना नियुक्त, चुडामणि पौडेल सचिवमा बढुवा

सरकारले राष्ट्रिय योजना आयोगको रिक्त पदमा चार सदस्य नियुक्त गरेको छ। बिहीबार बिहान सिहंदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले योजना आयोगको सदस्यमा प्रा संगीता सिंह, डा कुसेन्द्रबहादुर महत, प्रा. शिवराज अधिकारी र डा अरनिकोकुमार पाँडेलाई नियुक्त गर्ने निर्णय गरेको हो। सत्ता समीकरण बदलिएसँगै नेपाली कांग्रेस र जनमत पार्टीबाट राष्ट्रिय योजनाका सदस्यमा नियुक्त चार सदस्यहरुले राजीनामा दिएका थिए…