श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी) ले ई–७ भिसा (सिपयुक्त दक्ष श्रमिकले पाउने प्रवेशाज्ञा) मा श्रमिक पठाउन दिने विषयमा कुनै वहस नभएको बताएका छन् । श्रम मन्त्रालयमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै उनले ई–७ भिसाका विषयमा बजारमा आएको कुरा निराधार भएको बताएका छन् । ‘म्यानपावर कम्पनीमार्फत कोरियामा श्रमिक पठाउने विषयमा कुनै पनि सत्यता छैन…