संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा जाँचबुझ आयोगले काम सुरु गरिसकेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले दुर्घटना जाँच आयोगले दुर्घटनास्थलको स्थलगत अनुगमनगरी आवश्यक विवरण लिएको बताए। आयोगले ककपीट भ्वाइस रेकर्डर (सीभीआर) र फ्लाइट डाटा रेकर्डर (एफडीआर) संकलन गरी डाटा विश्लेषणको तयारी गरिएको उनले जानकारी…