संघीय संसदको सार्वजनिक लेखा समितिले एक साताको समय दिएर नेपाल धितोपत्र बोर्डसँग रिलायन्स स्पिनिङ मिल्सको आईपीओ सम्बन्धमा प्रष्टिकरण माग गरेको छ । सर्वसाधारणलाई झुक्याएर वित्तीय विवरण प्रकाशन गरी महङ्गो मूल्यमा बुक बिल्डिङ्गबाट प्राथमिक सेयर निष्कासन गर्न लागेको उक्त कम्पनीको आईपीओ अनुमतिदेखिका विषय समेटेर लेखा समितिले मंगलबार बोर्डलाई पत्र लेखेर पाँच ओटा बुँदामा जवाफ माग गरेको…