चालु आर्थिक वर्षको तीन महिना अवधिमा नेपाल भित्रने विप्रेषण आप्रवाह (रेमिट्यान्स) अघिल्लो आवको यसै अवधिको तुलनामा ७.६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार असोज मसान्तसम्ममा २ खर्ब ३९ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको हो । असोज महिनामा मात्रै ८३ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आवको असोजमा मात्रै ९३…