विश्व बैंक र मुद्रा कोष बैठकका लागि अर्थमन्त्री पुन अमेरिका प्रस्थान

अर्थमन्त्री वर्षमान पुन अनन्त विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय छरितो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान सवा २ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसिका लागि उडेका हुन् । मन्त्री पुनलाई बिदाई गर्न अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्कर कर्णसहित सहसचिवहरु अन्तर्राष्ट्रिय विमानस्थल…