मन्त्रिपरिषद्को आजको बैठकले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहेका महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ। नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिएको १९ दिनपछि सरकारले महाप्रसाद अधिकारीलाई नयाँ गभर्नरमा नियुक्त गरेको हो। खोटाङमा जन्मिएका अधिकारीले भारतबाट चार्टर्ड एकाउन्टेन्टको अध्ययन पूरा गरेका छन् । सोमबार १७ औं गभर्नरका रुपमा नियुक्त…