नेपाल सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि यही चैत २५ गतेसम्म सबैजना घरभित्रै सीमित होऊँ अभियान शुरु गरेको छ अर्थात नेपाली समाजलाई ‘लकडाउन’ गरेको छ। आमनागरिकलाई जोगाउन यसभन्दा अर्को प्रभावकारी उपाय छैन। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड-१९ सक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकका हैसियतले कोरोनाविरुद्धको लडाइँको कमाण्ड सम्हालेका छन्। कोरोनाविरुद्धको लडाइँ, सरकारको तयारी एवं समग्र…