जापानकी परराष्ट्रमन्त्री आज नेपाल आउँदै, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल हुने

जापानका परराष्ट्रमन्त्री कामिकावा योको आज नेपालको औपचारिक भ्रमणमा आउने भएकी छन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उनले द्विपक्षीय हित र चासोका विविध विषयमाा विचारविमर्श गर्ने कार्यक्रम…