अर्थतन्त्रका सूचकाङ्कहरू सकारात्मक दिशातर्फ उन्मुख भएको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्कटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा राम्रो सुधार आएको बताएका छन् । नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल श्रीलङ्का नै बन्दैछ, भन्ने भाष्य चिरेर अर्थतन्त्रलाई लयमा अघि बढाइएको बताए । “शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति, विप्रेषण आय, राजस्व सङ्कलनमा सुधार आएको छ”, प्रधानमन्त्री दाहालले भने, “अर्थतन्त्रका…