सम्पत्ति शुद्धीकरण: ‘कालो धनका भरिया हैन, मालिक नै पक्रने’ नयाँ रणनीतिको लक्ष्य

एउटा अन्तर्राष्ट्रिय निकायले नेपालमा अवैध धनको चलखेलसहित वित्तीय अपराध नियन्त्रणका लागि भइरहेका प्रयासको समीक्षा गर्ने तयारी गरिरहँदा सरकारले वास्तविक धनीलाई पहिचान गर्ने उद्देश्य सहितको पञ्चवर्षीय रणनीति ल्याएको छ। मन्त्रिपरिषद्को निर्णयबमोजिम यसै साता सार्वजनिक गरिएको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति र कार्ययोजनाले अहिलेबाट विसं २०८१ सालसम्म चालिने कदमहरू समावेश गरेको छ।…