२५ मिटर सडक खनेर ३८ लाख ७६ हजार भ्रष्टाचार, नौं जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाही र निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूबाट ३८ लाख ७६ हजार २७० रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । ‘उपाध्यक्ष शाहीलगायतले महावै गाउँपालिकास्थित सिमखेतदेखि ओदा जाने सडक अन्दाजी २५…