मौद्रिक नीतिको विषयमा उद्योग वाणिज्य महासंघका आगामी अध्यक्ष गोल्छा के भन्छन् ?


उद्योग वाणिज्य महासंघका आगामी अक्ष्यक्ष शेखर गोल्छाले मौद्रिक नीति उत्साहजन रहेको बताएका छन् । मौद्रिक नीतिले उद्योगी व्यवसायीका माग सम्बोधन गरेको बताएका उनले उद्योगी व्यवसायीका अधिकांस मागहरुलाई पुरा गरेको प्रतिकृया दिएका छन् । उनले भनेका छन्, ‘पुनरकर्जा लगायत प्रावधानले साना तथा मझौला उद्यमी, पर्यटन क्षेत्रले राहत पाउने छन् । ऋणको पुनरसंरचना र पुनरतालिकीकरण सुविधाले व्यवसायीलाई सहयोग पुग्नेछ । कृषि जलविद्युतमा लगानी बढ्ने देखिन्छ । आगामी आर्थिक वर्षका लागि आएको मौद्रिक नीतिको प्रभावकारी कार्यान्वायनको अपेक्षा गर्दछु ।’