मञ्जुश्री फाइनान्सको बोनस वितरण

0
Shares

मञ्जुश्री फाइनान्स कम्पनी (MFIL) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको बोनस शेयरधनीको खातामा नै वितरण भएको छ।

फाइनान्सले २०७६ पुस २९ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाबाट पारित भएको १.७५ बोनस पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा नै वितरण गरेको जनाएको छ।

पुस १४ गतेपछि शेयर अभौतिकीकरण गराउने शेयरधनीको बोनस भने क्रमशः पठाउँदै जाने फाइनान्सले उल्लेख गरेको छ। साथै कागजी शेयर धारण गर्ने शेयरधनीलाई शेयर डिम्याट गर्न र धितोबन्धक राखेका शेयरधनीलाई सम्बन्धित बैंक तथा वित्तीय संस्था मार्फत नो अब्जेक्सन लेटर लिएर सम्पर्क गर्न भनेको छ।

फाइनान्सको १२ औं वार्षिक साधारण सभाबाट १.७५ प्रतिशत बोनस र करसहित ९.८० प्रतिशत नगद लाभांश अनुमोदन भएको थियो। फाइनान्सले नगद लाभांश भने यसअघि नै पठाइसकेको छ।