काठमाडौँ । त्रिशूली नदीले सडकको तल्लो भाग कटान गर्दा मुग्लिन-नारायणगढ खण्डको सिमलतालमा सडक भासिएको छ ।
लगातारको वर्षापछि त्रिशूली नदीमा पानीको बहाब बढेर सडकको तल्ला भाग कटान गर्दा उक्त स्थानमा सडक भासिएको हो ।
सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान पौने ९ बजेको समयमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गर्दा सडकको आधा भाग भासिएको छ ।









