नेप्से ८४ अंकले बढ्दा कुन ब्रोकरले कति गरे कारोबार ?

0
Shares

आइतबार शेयर बजार बढेर तीन पटक सर्किट लाग्दा ६ प्रतिशतले बढेपछि आजको लागि पूरै दिनका लागि शेयर कारोबार बन्द भयो। जम्माजम्मी ९ मिनेट कारोबार भएको बजारमा ६ करोड २५ लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता शेयर कारोबारमा आयो।

तीब्र उछाल आएको बजारमा दिब्या सेक्युरिटीज एण्ड स्टक हाउसले सबैभन्दा धेरै १ करोड ६७ लाख रुपैयाँबराबरको कारोबार गरेको छ। यस ब्रोकरले ९ लाख ६ हजार रुपैयाँको शेयर खरिद गरेकोमा १ करोड ५८ लाख रुपैयाँको बिक्री गरेको छ।

ब्रोकर नम्बर ५९, दिब्या सेक्युरिटीज बाहेक बाँकी ४९ वटै ब्रोकरले १ करोडभन्दा कम कारोबार गरेका छन्। ब्रोकर नम्बर २०, सिप्ला सेक्युरिटीजले सबैभन्दा कम कारोबार गरेको छ। यस ब्रोकरले ७ हजार ३८० रुपैयाँको शेयर कारोबार गरेको छ। जसमध्ये ४ हजार ६२० रुपैयाँको शेयर खरिद गरेको छ भने २ हजार ७६० रुपैयाँको बिक्री गरेको छ।

आज डायनामिक मनि म्यानेजर सेक्युरिटीजले ९० लाख ८८ हजार, सुन्धारा सेक्युरिटीज ५५ लाख ४० हजार र भृकुटी स्टक ब्रोकिङ्गले ४९ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ। ब्रोकर नम्बर ३६, सेक्युर्ड सेक्युरिटीजको खरिद रकम शुन्य रहेको छ भने ५ लाख १५ हजार १५० रुपैयाँको बिक्री गरेको छ।

 

प्रकाशित मिति: ४ साउन २०७७, आइतबार  १४ : ५८ बजे