देव विकास बैंकको समायोजनपछिको मूल्य १३८ रुपैयाँ


नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले देव विकाश बैंकको सेयर मूल्य आइतबार समायोजना गरेको छ । बैंकले गत आवको कमाईबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको साढे ५ प्रतिशत बोनसको बुकक्लोज सँगै आइतबार शेयरमूल्य समायोजन भएको हो


नेप्से बैंकको बोनस पछि १३८ रुपैयाँ ३९ पैसा समायोजित शेयरमूल्य निर्धारण गरेको छ । यहि मूल्यलाई आधार मानेर बैंकको आइतबार शेयर कारोबार खुलेको छ । बैंकको गत १ सय ८० दिनको कारोबार अनुसार उसको औसत आधारमूल्य १५६ रुपैयाँ ५४ पैसा कायम भएको छ ।
बैंकले बोनस वितरण तथा साधारणसभा प्रयोजनको लागि असार ६ गते शेयरधनीदर्ता किताबबन्द गरेको थियो । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २५ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चुक्ता पूँजी दुई अर्ब ५३ करोड ३६ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४३ पैसा, प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ९४ पैसा छ ।