काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका विजेताको छनोट भएको छ । आन्तरिक राजश्व विभागका अनुसार भदौ महिनाका ३१ जना र २ जना बम्पर गरी ३३ जना विजेता भएका हुन् ।
भदौ महिनाका प्रत्येक दिनका दरले ३१ जनाले जनही एक लाख रुपैयाँ पाएका छन् भने २ जना बम्पर उपहार पाउनेले जनही १० लाख पाएका छन् ।
कात्यायनी पोलिक्लिनिकबाट २०० रुपैयाँको सामान किनेका व्यक्ति र सुनिता फेन्सीबाट ७ हजारको सामान किनेका व्यक्तिले १०/१० लाख रुपैयाँ जितेका हुन् ।
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण भदौ १६ गतेको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो।






प्रतिक्रिया