एभरेष्ट इन्स्योरेन्सको साधारण सभा आज, मर्जरका लागि बाटो खोल्दै

0
Shares

एभरेष्ट इन्स्योरेन्स (EIC) को आव २०७५/७६ को वार्षिक साधारण सभा आज सम्पन्न हुँदैछ। कम्पनीले अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे साधारण सभा आह्वान गरेको छ।

साधारण सभामा कम्पनीले उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने, वा प्राप्ती गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव उपर छलफल गरि पारित गर्नेछ।

यस्तै नियमनकारी निकायबाट कुनै पनि परिवर्तन वा संसोधन गर्न कुनै निर्देशन वा कैफियता प्राप्त हुन आएमा सोही अनुसार गर्ने, आव २०७५/७६ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब सहितको वासलात पारित गर्ने एजेण्डा पनि साधारण सभामा रहेको छ।

साधारण सभाले आव २०७६/७७ का लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण पनि गर्नेछ।

कम्पनीले असार २५ गते शेयर दाखिला खारेज बन्द (बुकक्लोज) गरेको थियो। यसअनुसार असार २४ गते बुधबारसम्म कायम शेयरधनीले मात्र सभामा सहभागीता जनाउन सक्नेछन्।