चाँदीको भाउ साउन ६ गते, मंगलबार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदीको भाउ प्रतितोला १ हजार ४० रुपैयाँ पुगेको हो।
सोमबार ५ रुपैयाँले घटेको चाँदीको भाउ मंगलबार तोलामा ४० रुपैयाँले बढेको हो। यसअघि साउन ४ गते चाँदीको भाउ १ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।
चाँदीसँगै सुनको भाउ पनि बढेको छ। महासंघका अनुसार आज सुनको भाउमा पनि प्रतितोला ४०० रुपैयाँले बढेको छ।
यससँगै मंगलबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ७०० रुपैयाँ, तेजावी सुनको भाउ प्रतितोला ९२ हजार २६० रुपैयाँ तोकिएको छ।
सोमबार भने सुन तोलामा २०० रूपैयाँले घटेर छापावाल सुन प्रतितोला ९२ हजार ३०० रूपैयाँमा र तेजावी सुन प्रतितोला ९१ हजार ८६५ रुपैयाँमा खरिद बिक्री भएको थियो।
असार ३१ गते बुधबार सुनको भाउ हालसम्मकै उच्च अर्थात तोलामा ९२ हजार ८०० रुपैयाँसम्म पुगेको थियो।
प्रतिक्रिया