प्रुडेन्सियल इन्सयोरेन्सले ६० प्रतिशत हकप्रद बेचेर पूँजी पुर्याउने, मंगलबार विशेष साधारण सभा

0
Shares

प्रुडेन्सियल इन्सुरेन्सले ६० प्रतिशत (१०ः६) हकप्रद सेयर बिक्री गर्ने भएको छ । प्रुडेन्सियलले ६० प्रतिशत हकप्रद प्रस्ताव पारित गर्न मंगलबार (असार १० गते) विशेष साधारण सभा बोलाएको छ ।

प्रुडेन्सियलले हाल कायम चुक्ता पूँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँको ६० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । हकप्रद बिक्रीपछि पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।

बीमा समितिले निर्जीवन बिमा कम्पनीहरुको चुक्ता पूँजी न्यूनतम १ अर्ब रुपैयाँ पुग्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । सोही प्रावधान पूरा गर्न प्रुडेन्सियलले पनि पूँजी वृद्धि गर्न लागेको हो ।

सभा प्रयोजनका लागि कम्पनीले असार २ गते बुक क्लोज गरेको छ । असार १ गते सम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् । विशेष साधारण सभा होटल ईच्छा, सिमरामा बिहान १०ः३० बजे सुरु हुनेछ । कम्पनीले १०ः६ अनुपानमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर जारी गर्नेछ ।