दक्षिण कोरियाको बहुराष्ट्रिय फाष्टफूड कम्पनी लोट्टेरिया नेपाल आउँदै

0
Shares

दक्षिण कोरियाको बहुराष्ट्रिय फाष्टफूड कम्पनी लोट्टेरिया नेपाल आउने भएको छ। नेपालमा फ्रेन्चाइज खोल्न लाट्टे जीआरएस र हिमालय एनके बीच मंगलबार सम्झौता भएको छ ।

उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादबको उपस्थितीमा मंगलबार लोट्टे जीआरएसका ग्लोबल सिइओ नाम इक उ र हिमालयन एनकेका अध्यक्ष विनोद कुवँरले फ्रेन्चाइजका लागि सम्झौंतापत्रमा हस्ताक्षर गरे।

नेपालमा लोट्टेको फ्रेन्चाइज संचालनका लागि दुवै कम्पनीका प्रमुखबीच ब्यावसायिक सम्झौता गरिएको हो । सम्झौताका लागि दक्षिण कोरियाबाट लाट्टेका ग्लोबल सिईओ नाम इक उ र ग्लोबल बिजनेश टिम प्रमुख किम कि छल नेपाल आएका थिए ।

४० बर्षदेखि संचालित लोट्टेरिया हाल दक्षिण कोरिया सहित भियतनाम, म्यानमार, इन्डोनेसिया, कम्बोडिया, काजकिस्तान, मंगोलिया तथा लाओास लगायतका देशहरुमा १६ सय भन्दा बढी फ्रेन्चाइज रेष्टुरेन्ट संचालनमा रहेका छन् । लोट्टेरिया चिकेन र बर्गरका लागि विश्वप्रख्यात छ ।

नेपालमा हिमालयनले सुरुमै दरबारमार्ग र वानेश्वरमा आउटलेट खोल्ने भएको छ। कम्पनीका अनुसार दरबारमार्गमा रेष्टुरेन्ट खोल्न आवश्यक स्थानको खोजी भइरहेको छ। ६ महिनाभित्र रेष्टुरेन्ट संचालनमा आउने जनाइएको छ ।

लोट्टेरियाको नेपाल आगमनले भिजिट नेपाल २०२० को प्रवद्धन तथा एसिया प्यासिफिक क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई विशेष आर्कषण गर्ने दाबी हिमालयन एनके का अध्यक्ष बिनोद कुँवरको छ । लोते गु्रपमा अहिले ६० हजार भन्दा बढीले रोजगारी गरिरहेका छन् ।