भाटभटेनी टंगाल शाखा आजदेखि चौबिसै घण्टा खुला


काठमाडौँ । भाटभटेनी सुपरस्टोरको टंगाल शाखा आजदेखि चौबिसै घण्टा खुल्ने भएको छ । जेनजी आन्दोलनका क्रममा पूर्णरुपमा क्षतिग्रस्त बनेको उक्त स्टोर असोज ५ गतेदेखि सञ्चालनमा आएको थियो ।

सोही भाटभटेनी सुपरमार्केट आजदेखि चौबिसै घण्टा खुला गरिएको हो । यसअघि भक्तपुरको राधेराधेबाट भाटभटेनीको चौबिसघण्टे सेवा सुरु भएको थियो ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले ग्राहकहरूले रातिको समयमा पनि किनमेल गर्न सकुन् भन्ने उद्देश्यले टंगाल शाखा चौबिसै घण्टा खुला गरिएकोे बताए ।

भाटभटेनी सुपरस्टोरका हाल देशभरि २७ वटा स्टोर सञ्चालनमा छन् । भाटभटेनीले वार्षिक ३२ अर्ब रुपैयाँ बराबर आम्दानी गर्दै आएको छ

प्रकाशित मिति: १ मंसिर २०८३, मंगलबार  १० : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।