लघुवित्त कम्पनीले स्थानीय तहमा शाखा विस्तार गर्न राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने


लघुवित्त कम्पनीहरुले स्थानीय तहमा शाखा बिस्तार गर्न केन्द्रीय बैंकको पूर्व स्वीकृति लिनु नपर्ने भएको छ । मौद्रिक नीतिलाई कार्यान्वायन गर्न निर्देशन जारी केन्द्रीय बैंकले लघुवित्त कम्पनीहरुलाई स्थानीय तहका वडामा शाखा बिस्तार गर्दा केन्द्रीय बैंकको पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको हो ।

काठमाण्डौं उपत्यकाका साथै महानगरपालिका तथा उपमहानगरपालिकाका वडाहरुमा शाखा बिस्तार गर्दा भने केन्द्रीय बैंकको पूर्व स्वीकृति लिनु पर्ने व्यवस्था गरिएको छ ।

यस अघि केन्द्रिय बैंकको पूर्व स्वीकृतिमा मात्र लघुवित्त कम्पनीहरुले शाखा बिस्तार गर्न सक्ने व्यवस्था थियो ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।