मेगा बैंकले ८.३२% ब्याजदरमै कर्जा उपलब्ध गराउने, दुई दिनभित्र १ करोडसम्मको कर्जा पाइने

0
Shares

तरलतता थुप्रिन थालेपछि वाणिज्य बैंकहरुले एक दुई दिनभित्रमा नै कर्जा उपलब्ध गराउन थालेका छन्। त्यसै थपिएको मेगा बैंक पनि। यसअघि कर्जा स्वीकृत गराउन कम्तिमा पनि एक साता कुनुपर्ने अवस्था रहेको थियो ।

बैंकले चालु आर्थिक वर्ष लागेसँगै आफ्नो ब्याजदर पनि घटाएको छ। दशौं वार्षिकोत्सवको अवसर पारेर बैंकले ग्राहकहरुलाई ८.३२ ब्याजदरमै कर्जा दिने गरी बैंकले नयाँ योजना ल्याएको हो ।

मेगा बैंक नेपाल लिमिटेडले साना तथा मझौला व्यवसायीहरुलाई एक करोडसम्मको कर्जा ८.३२ ब्जाजदरमै उपलब्ध गराउने जनाएको छ। यस्तो ब्याजदर एक वर्षसम्म नबढ्ने बैंकले जनाएको छ ।

ग्राहकहरुलाई अत्यन्तै सस्तो ब्याजदरमा साना तथा मझौला कर्जा योजना ल्याएको मेगा बैंकले आवश्यक सम्पूर्ण कागजातसहित निवेदन दिएको दुई दिनमै कर्जा स्वीकृति हुने ब्यवस्था मिलाइएकाजनाएको छ ।

मेगा बैंकका देशभर छरिएका २०६ वटा शाखाबाट यो सुविधा पाइनेछ। कोरोनाबाट प्रभावित पुराना व्यवसाय तथा नयाँ व्यवसाय सञ्चालनका लागि यो कर्जा योजनाले लाभ मिल्ने मेगा बैंकले विश्वास लिएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।