ब्रिटिश एयरवेजले २०७० कर्मचारी कटौती गर्ने


ब्रिटिश एयरवेजका विमान चालकहरूले २७० कर्मचारी कटौती गर्ने र कार्यरत कर्मचारीबाट २० प्रतिशत ज्याला कम गर्ने सम्झौताको स्वीकार गर्ने पक्षमा मतदान गरेका छन् ।

विमान कम्पनी कोरोनाभाइरसको महामारीबीच आर्थिक प्रभावको सामना गरिरहेको र आर्थिक सङ्कटको सामना गर्न एक हजार २०० विमान चालकसहित १२ हजार कर्मचारी हटाउने कम्पनीको प्रस्तावको सट्टा २७० कर्मचारी कटौती र २० प्रतिशत ज्याला कटौती गर्ने सम्झौतालाई पारित भएको उड्ययन यूनियन (बाल्पा) ले जानकारी गराएको छ ।

सम्झौता अनुसार कर्मचारीको महामारीको समयको वेतनमा २० प्रतिशतले कम गर्ने र दुई वर्षसम्म आठ प्रतिशतले कटौती गरिने छ । उक्त समयपछि ज्यालादर कटौती नहुने बाल्पाले बताएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।