कृषि विकास बैंकले कर्जामा एक प्रतिशत ब्याज घटायो


कृषि विकास बैंकले ब्याजदरमा परिमार्जन गर्दै कर्जाको ब्याजदर घटाएको छ । बैंकले असार ५ गते देखि लागु हुने गरी कर्जाको ब्याजदर एक प्रतिशत घटाइ निक्षेपको ब्याजदर एक प्रतिशतले वढाएको हो ।

 

 

बैंकको असार ३ गते सम्पन्न बैंक सञ्चालक समितिले गरेको निर्णय ५ गते देखि नै कार्यान्वयन सुरु गरेको हो ।

पछिल्लो समयमा बैंकहरुले कर्जाको ब्याजदर नघटाएको जनगुनासोलाइ सम्बोधन गर्दै ब्याजदर घटाएको बैंकले जनाएको छ ।

बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन भने कर्जाको ब्याजदर वढाएका छन । बैंकहरुले कर्जा लगानी योग्य रकम अभावको समस्या झेलिरहेको अवस्थामा पनि कृषि विकास बैंकले भने बजारको अभ्यास भन्दा ठिक विपरीत गइ ग्राहकलाइ सम्बोधन गरेको हो ।