संस्थागत लगानीकर्ताले ठूलो संख्यामा बेच्न थाले अजोड इन्स्योरेन्सको शेयर, एकै पटक २ हजार कित्ता बढी कारोबार


शेयर सूचीकरण भएर दोस्रो बजारमा किनबेच सुरु भएको चौंथो दिनमा अजोड इन्स्योरेन्सको शेयर ठूलो संख्यामा बिक्रीमा आउन थालेको छ। १० कित्ता शेयर पाएका सर्वसाधारणले पनि अधिक मात्रमा कारोबार गरिरहेको अजोडको शेयर चौंथो दिनसम्म लगातार सर्किट लागिरहेको छ ।

यसै क्रममा सामूहिक लगानी कोषहरुले निष्काशन पहिले नै सुरक्षणबाट पाएका शेयर पनि बिक्रीमा आएको हो । यो सँगै अब अजोडको शेयर कारोबार सामान्य अवस्थामा आउन लागेको हो । बिहीबार अधिक कारोबार संख्याको पहिलो स्थानमा अजोडको शेयर परेको छ। बिहीबार अजोड इन्स्योरेन्सको शेयर ३ हजार ५३ पटक कारोबार भएको छ ।

अजोड इन्स्योरेन्सको बिहीबार १० प्रतिशतले मूल्य बढेर प्रतिकित्ता ४२५ रुपैयाँमा धेरै मात्रामा अजोडको शेयर कारोबार भएको छ। कारोबार रकमका आधारमा शिर्ष १० मध्ये ८ औं स्थानमा रहेको अजोडको ४७ हजार २४२ कित्ता शेयरहरु २ करोड ७७ लाख रुपैयाँमा किनबेच भएको छ ।

धेरै किनबेच गर्ने १० ब्रोकर

अजोड इन्स्योरेन्सको शेयर कारोबार सुरु भएको चौंथो दिन अर्थात बिहीबार स्टक ब्रोकर नम्बर ५८, नासा सेक्युरिटिजले सबैभन्दा धेरै शेयर खरीद गरेको छ भने ३४ नम्बर ब्रोकर, भिजन सेक्युरिटिजले सबैभन्दा धेरै शेयर बिक्री गरेको छ । तथ्यांक अनुसार बिहीबार नासा सेक्युरिटीजले ८ हजार ७१६ कित्ता शेयर खरीद गरेको छ भने भिजनले १४ हजार ५०६ कित्ता शेयर बिक्री गरेको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।