ट्रंक तथा डेडिकेटेड लाइन मन्त्रालयस्तरमै समाधान गर्न उर्जा मन्त्रालयलाई सरकारको निर्देशन


ट्रंक तथा डेडिकेटेड लाइनको विवाद समाधान गर्नका लागि सरकारले ऊर्जा तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ ।

नेपाल विद्युत प्राधिकरण र सेवाग्राहीका बीचमा लामो समयदेखि जारी विवाद सुल्झाउनका लागि मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको अर्थ र सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

ऊर्जा सचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा विवाद समाधान गर्नका लागि समिति गठन भएको थियो । समितिले विवाद समाधान गर्नका लागि सरकारलाई सुझाव सहितको प्रतिवेदन बुझाएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।