कोभिड नियन्त्रणका लागि लकडाउन नभई अन्य विकल्प अघि सारिने


कोराना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउनलाई प्राथमिकतामा नराख्ने भएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल लकडाउन गर्ने संभावना नरहेको जानकारी दिएका छन् ।

मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले स्वास्थ्य र आर्थिक क्रियाकलापलाई सन्तुलनमा राख्नका लागि तत्काल लकडाउनको विकल्पमा जनाने बताएका हुन् ।

नागरिकको स्वास्थ्य र आर्थिक जीवनलाई कसरी सन्तुलनमा राख्ने भन्ने सम्बन्धमा सरकारले अध्ययन गरिरहेको बताएका खतिवडाले संक्रमणदरका आधारमा आवश्यक्ता अनुसार निर्णय गरिने बताए ।

सार्वजनिक यातायात, विद्यालय, तथा हवाई उडान सञ्चालन गर्ने नसक्ने अवस्थामा रहेको बताएका उनले कोरोना संक्रमण बढी भएको ठाउँमा नागरिकको चहलपहलमा कडाई गरिने बताए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।