रिलायन्स लाइफको व्यवसाय र नाफामा बढोत्तरी, ६३ करोडको आईपीओ आउँदै

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथौ त्रैसाससम्ममा अधिकांश सूचकमा आकर्षक प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सले आफ्नो व्यवस्या विस्तारसँगै बीमा शुल्क आर्जन र खुद नाफामा बढोत्तरी गरेको छ। साथै कम्पनको जगेडा कोष, बीमा कोष लगायतमा पनि उच्च सुधार देखिएको छ ।

शुक्रबार सार्वजनिक भएको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले गत असारमसान्तसम्म एक अर्ब ३६ करोड ८९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

अघिल्लो असारसम्म इन्स्योरेन्सले ७३ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको खुद बीमा शुल्क आर्जन ८७ प्रतिशतले बढेको छ। कम्पनीले सो अवधिमा १७ हजार ८८९ बीमालेख जारी गरेको छ ।

कम्पनीले ४ करोड ३३ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको यसै अवधिमा २ करोड ९२ लाख १९ हजार खुद नाफा कमाएको थियो । कम्पनीको नाफा ४८.४५ प्रतिशतले वृद्धि भएको हो।

एक अर्ब ४७ लाख रुपैयाँ रहेको चुक्ता पूँजी इन्स्योरेन्सको जगेडा कोषमा १४ करोड ३२ लाख रुपैयाँ, जीवन बीमा कोषमा एक अर्ब १४ करोड रुपैयाँ र महाविपत्ति कोषमा एक करोड ५९ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९५ पैसा छ ।

इन्स्योरेन्सले सर्वसाधारणमा एक सय रुपैयाँ अंकित दरमा ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आईपीओ जारी गर्न धितोपत्र बोर्डबाट साउन १६ गते अनुमति पाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।