घोडीघोडाको साधारण सेयर असार २० गतेदेखि आउने


घोडीघोडा लघुवित्त वित्तीय संस्थाले असार २० गते देखि साधारण सेयर निष्कासन गर्ने भएको छ । संस्थाले एक लाख ३२ हजार ६ सय कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।
लघुवित्तले जारी पूँजीको ४८ प्रतिशत बराबरको एक सय रुपैयाँ अंकित दरमा एक करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको एक लाख ३२ हजार ६०० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

संस्थाको साधारण सेयर मध्ये कूल एक हजार ३८० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई र ६ हजार ६३० सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ । कञ्चनपुरमा केन्द्रीय कार्यालय भई कैलाली र कञ्चनपुर जिल्लाका ६ वटा शाखाबाट कारोबार गर्दै आएको लघुवित्तको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक काम प्रभु क्यापिटलले गरेको छ ।

संस्थाको साधारणसेयरमा लगानी गर्नका लागि धितोपत्र बोर्डबाट सिआश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका सम्पूण कार्यालय तथा मेरोशेयरबाट समेत आवेदन दिन सक्नेछन् । सो साधारणसेयरमा लागि न्यूनतम १० कित्ताका लागि एक हजार रुपैयाँदेखि एक हजार कित्ताको लागि एक लाख रुपैयाँसम्मको आवेदन दिन सक्नेछन् । संस्थाको साधारण सेयरको बिक्री बन्द असार २५ गते बुधबारसम्म रहेको छ ।
घोडाघोडीको अधिकृत पूँजी १० करोड, जारी पूँजी २ करोड १२ लाख ५० हजार र चुक्ता पूँजी एक करोड १० लाख ५० हजार रहेको छ।