नेपाल एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेजबीच छुट सम्झौता

0
Shares

नेपाल एसबिआई बैंक र सोल्टी इन्टरप्राइजेजबीच छुट प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

सम्झौताअनुसार नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई सोल्टी क्राउन प्लाजा, काठमाण्डौं र सोल्टस् वेस्टेंड प्रिमियर, नेपालगञ्जमा कार्ड प्रयोग बापत १० प्रतिशतसम्म खाना र पेय पदार्थमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर तथा, सोल्टी इन्टरप्राइजेजका भाइस प्रेसिडेण्ट सुदर्शन चापागाईकाबीच सम्झौता भएको हो।

सो अवसरमा बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपिराज पन्त तथा सोल्टी इन्टरप्राइजेज का कम्पनी सचिव मूक्ति श्रेष्ठको उपस्थिति थियो । 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।