हिमालयन बैंकको संस्थापक सेयर बिक्री खुला, कसले दिन पाउँछन् आवेदन ?


काठमाडौँ । हिमालयन बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ८ लाख ५० हजार १२४.५७ कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेकाे छ।

बैंकले चार जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर साेमबारदेखि बिक्री खुला गरेको हो। बैंकका अनुसार इच्छुक व्यक्ति तथा कम्पनीले समेत संस्थापक सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

सेयर खरिद गर्न इच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ। आवेदन काठमाडौंको कमलादीस्थित हिमालयन बैंकको कानून विभागमा बुझाउनुपर्नेछ।

तोकिएको समयभित्र आवेदन पेस गरी इच्छुक व्यक्ति वा कम्पनीले संस्थापक सेयर खरिद प्रक्रियामा सहभागी हुन सक्ने बैंकले जनाएको छ।

प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार  ०८ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।