सानिमा ग्रोथ फन्डका इकाइधनीले पाउने भए ५ प्रतिशत नगद प्रतिफल


काठमाडाैँ । सानिमा ग्रोथ फन्डले आफ्ना इकाइधनीलाई ५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने भएको छ। फन्डले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट करसहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

सानिमा बैंक कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक र डिपोजिटरी रहेको सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित यस फन्डले मंसिर ३० गतेदेखि लाभांश वितरण गर्ने जनाएको छ। लाभांश सम्बन्धित इकाइधनीको हितग्राही खातामा अद्यावधिक बैंक खातामा जम्मा गरिनेछ।

फन्डले डिम्याट खातामा बैंक खाता विवरण अद्यावधिक नगरेका इकाइधनीलाई यथाशीघ्र बैंक खाता नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ। विवरण अद्यावधिक नभएका कारण लाभांश रोकिएमा पछि विवरण सच्याएपछि रकम प्राप्त गर्न सकिनेछ।

त्यस्तै, आयकर ऐनअनुसार लाभांशमा स्रोतमा कर कट्टी हुने भएकाले करसम्बन्धी विवरण दाखिला गर्न इकाइधनीको स्थायी लेखा नम्बर (प्यान) आवश्यक पर्ने फन्डले जनाएको छ। त्यसैले हितग्राही खातामा प्यान नम्बरसमेत अद्यावधिक गर्न आग्रह गरिएको छ।

यसअघि विभिन्न आर्थिक वर्षमा घोषणा गरिएको प्रतिफल लिन बाँकी रहेका इकाइधनीले पनि बैंक खाता विवरण अद्यावधिक गरी बाँकी रकम प्राप्त गर्न सक्ने फन्डले जनाएको छ।

प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार  ०८ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।