सुनचाँदी

सुनको मूल्यमा सामान्य वृद्धि, एक तोला किन्न कति खर्चनु पर्ला ?


आज बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ । बुधबार ८०० रुपैयाँले बढेर प्रति तोला १ लाख ६० हजार ८०० रुपैयाँ पुगेको सुन आज ग्राहकहरुले एक तोला खरिद गर्दा बुधबार कायम भएको मूल्यमा १०० रुपैयाँ थप्नु पर्नेछ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रति तोला १ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो । महासंघका अनुसार चाँदीको मूल्य प्रति तोला १ हजार ९५० रुपैयाँ कायम भएको छ ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रति औंस २ हजार ६५२.५५ डलर र चाँदी प्रति औंस ३१.५६ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १७ आश्विन २०८१, बिहिबार  ११ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।