बैंक वित्तीय संस्थामा कोरोना कहर : एभरेष्ट बैंक मुख्यालयमा संक्रमण देखिएपछि सबै सेवा स्थगित


पछिल्ला दिनमा तीव्र दरमा फैलिएको कोरोना संक्रमण बैंक वित्तीय संस्थाका साथै औसतभन्दा बढी भीडभाड हुने स्थानमा धेरै देखिन थालेको छ । यसैबीच एभरेष्ट बैंकको मुख्य शाखामा संक्रमण देखिएपछि तत्कालका लागि उक्त शाखाबाट प्रवाह हुने सबै किसिमका सेवाहरु स्थगन गरिएको छ ।

बैंकका २ जना कर्मचारीमा गत शुक्रबार गरिएको पीसीआर परीक्षणको नतिजा सार्वजनिक भएपछि बैंक व्यवस्थापनले सतर्कता अपनाउनका लागि सोमबार र मंगलबार सेवा बन्द गर्ने निर्णय गरेको हो । बैंकका अनुसार बुधबारदेखि सबै सेवाहरु सुचारु हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।