लगातार चौथो दिन पनि घट्यो सुनको भाउ, बुधबार कतिमा हुँदैछ कारोबार ?


नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ। असोज २० गतेबाट गिरावट आएको सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५९ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ घटेको हो।

प्रकाशित मिति: २३ आश्विन २०८१, बुधबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।